दशरथ रंगशालामा क्रिकेटलाई फुटबलको सम्मान (फोटो फिचर)
खरीबोट
२०७९ चैत ४ शनिबार
काठमाडौँ । विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिएको छ ।
दशरथ रंगशालामा आजको मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबको खेलको पहिलो हाफ सकिएपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरिएको हो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल, एन्फा अध्यक्ष पंकज नेम्वाङसहितका पदाधिकारी लगायतले खेलाडीहरुलाई माला र खादा लगाएर सम्मान गरेका थिए ।
सम्मानपछि क्रिकेट खेलाडीहरुलाई रंगशालामा उपस्थित दर्शकहरुले उत्साहपूर्ण रुपमा स्वागत गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्ना पछिल्ला १२ मध्ये ११ खेलमा जित हासिल गर्दै विश्वकप क्वालिफायरमा सिधै छनौट भएर नयाँ इतिहास बनाएको छ ।