काठमाडौँ । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई समेट्दै राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
राष्ट्रिय टिमका प्रशिक्षक रोबेर्ट मार्टिनेजले रोनाल्डोलाई टिममा समावेश गर्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
पोर्चुगलले युरो कप छनौट अन्तर्गत पहिलो राउण्डको खेलमा आगामी मार्च २४ मा लिएचटेनस्टेइनसँग र मार्च २७ मा लकजम्बर्गसँग खेल्दै छ ।
विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि पोर्चुगलको टिममा ठुलो विवाद भएको थियो । सोहि विवादका बीच पोर्चुगल विश्वकपको क्वाटरफाइनलबाट बाहिरियो र तत्कालिन प्रशिक्षक फेर्नान्डो सान्तोषले राजीनामा दिएका थिए । त्यसपछि रोबेर्टो मार्टिनेज पोर्चुगलको प्रशिक्षक बनेका छन् । पोर्चुगलको टिममा लिभरपुलबाट खेल्ने डिओगो जोटा इन्जुरीबाट टिममा फर्किएका छन् । उनले घाइते भएपछि विश्वकप गुमाएका थिए ।