• २०८१ बैशाख ४ मंगलबार

हिमालयन शेर्पा र संकटाले बराबरी खेल्दै अंक बाँडे

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

विहिबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

जारी लिगमा हिमालयनको यो दोस्रो बराबरी हो । यो बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

त्यस्तै संकटाको यो तेस्रो बराबरी हो र संकटाले ५ खेलमा ६ अंक जोडेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै