• २०८१ बैशाख ८ शनिबार

नेपाल र युएईको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड टियु मैदानमा

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको नेपाल र युएईबीचको खेल हेर्न किर्तिपुरस्थित टियु मैदानमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड खेलको प्रमुख अतिथि बनेर टियु मैदान पुगेका छन् ।

आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । युएईका कप्तान मोहमद वासिमले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । नेपालले करण केसीलाई बेन्चमा राखेर उनको ठाउमा गुलशन झालाई खेलाएको छ ।

आजको नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

यसैबीच बिहानै देखि टियु क्रिकेट मैदानमा दर्शकको भिड लागेको छ । क्यानले सबै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ । आजको खेल हेर्न काठमाडौँ बाहिरबाट समेत ठुलो संख्यामा दर्शकहरु टियु मैदान पुगेका छन् । 

 युएई शिर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्व देखिदैन तर नेपालका लागि लागि भने यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले युएईलाई पराजित गरेर विश्वकप क्वालिफायरमा सिधै छनौट हुने अवसर रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै