• २०८१ बैशाख ८ शनिबार

सिरहा छुवाछुत घटना: मानव अधिकार आयोगको सोधपुछ सुरु

kharibot

सिरहा । भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानविन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सिरहा अनुसन्धान सुरु गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएको टोलीले अनुसन्धान सुरु गरेको हो । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानविन गर्न टोली सिरहा आएको छ ।

आयोगको टोलीले पहिलो चरणमा सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गरिनेछ भने  दोश्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरुसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य संकलन गर्ने कार्यतालिकासहित टाेलीले अनुसन्धान सुरु गर्नेछ । 

खतिवडाका अनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरुसँग पनि सत्यतथ्य बुझने कार्य हुनेछ भने भोजमा पोष्टर झुन्ड्याएर र माइकिङ्ग गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधी र प्रशासन प्रमुखहरुसँग समेत सोधपुछ गरिनेछ ।

मानव अधिकार हनन् गर्नेहरुको नाम तोक्ने, कसुरको मात्रा निर्क्याैल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाहीकाे गरिने अधिकृत खतिवडाले बताइन ।  ‘जनप्रतिनिधीकै घरमा यस्तो खालको हर्कत हुनुले समाजमा नकारात्मक संदेश गएको छ, यसलाई गम्भिरतापूर्वक आयोगले हेरिरहेको छ,' उनले भनिन, ‘सुनियोजित ढङ्गले यो कार्य गरेको पाइएमा पालिका अध्यक्षलाइ कानुनी कारबाही गरिनेछ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै