• २०८१ बैशाख ४ मंगलबार

हिमालयन शेर्पामाथि खुमलटारको जित

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एफसी खुमलटारले नयाँ हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरेका थिए भने 

हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा समिरले गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वासले एक गोल फर्काएका थिए  ।  

यो जितपछि खुमलटारको ४ खेलमा ६ अंक भएको छ भने हिमालयन शेर्पाको ४ खेलमा ४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै