• २०८१ बैशाख ७ शुक्रबार

लुम्बिनी विकास बैंक लिमिटेडको नयाँ एटीएम संचालन

kharibot

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप एक एटीएमको उद्घाटन गरेको छ ।

बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको छ । उक्त एटीएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँले गरेका थिए ।

साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप एक नयाँ एटीएमको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा १८ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै