• २०८१ बैशाख ११ मंगलबार

कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय थप

kharibot

काठमाडौ । कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय चैत ६ गतेसम्म थप गरेको छ । बैंकले फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस लिलामी सेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै