• २०८१ बैशाख ५ बुधबार

अल्लु अर्जुनको बलिवुडमा डेभ्यु हुदै

kharibot

काठमाडौँ । दक्षिण भारतका सुपरस्टार अभिनेता अल्लु अर्जुन अब बलिवुडमा आउने भएका छन् ।

यस अघि प्रभास, विजय देवरकोडा लगायतका अभिनेतालाई पछ्याउदै अल्लु अर्जुनले बलिवुडमा डेभ्यु गर्ने भएका हुन् ।

अल्लु अर्जुनलाई सन्दीप रेड्डी वांगा र भूषण कुमारको फिल्मबाट हिन्दी डेब्यू गराउन लागिएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि अल्लु अर्जुनले १२५ करोड भारु पारिश्रमिक दिइएको छ । यससँगै अल्लु अर्जुन बलिवुडमा सबैभन्दा बढी पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेता बनेका छन् ।

अल्लु अर्जुन अहिले पुष्प २ को सुटिङमा व्यस्त छन् । अल्लु अर्जुन स्टारर सन्दीप रेड्डी वांगा र टी-सिरिजको फिल्म प्रभासको ‘स्पिरिट’को सुटिङ सकिएपछि सुरु हुनेछ ।

प्रभासले अहिले एक फिल्मका लागि सय करोड पारिश्रमिक लिइरहेका छन् भने जुनियर एनटीआर र रामचरणले ७५ करोड पारिश्रमिक लिने गरेको बताइएको छ ।

जुनियर एनटीआर र रामचरणले एसएस राजामौलीको फिल्म ‘आरआरआर’का लागि ७५-७५ करोड पारिश्रमिक लिएका थिए । ‘आरआरआर’ अब ओस्कारमा पुगेको छ । अल्लु अर्जुनको शुल्क बढेपछि जुनियर एनटीआर र रामचरणले पनि शुल्क बढाउन सक्नेछन् ।

टि-सिरिज र वाङ्गा भद्रकाली प्रोडक्सनले निर्माण गरिरहेको अल्लु अर्जुन अभिनित फिल्मको शीर्षक ‘भद्रकाली’ हुनसक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्ममा आध्यात्मिक सम्बन्ध रहेको अनुमान गरिएको छ । बृहत् स्तरमा निर्माण भइरहेको यो चलचित्रमा न्यायको भावनालाई चित्रण गरिएको छ ।

साउथ सिनेमामा पाइला राख्न लागेका टी–सिरिजका भूषण कुमारले भने–हामी हिन्दी फिल्ममा मात्र काम गर्ने दायरा तोड्न लागेको बताएका छन् ।

यसबाहेक टी–सिरिज र भद्रकाली प्रोडक्सनले पनि फिल्म ‘एनिमल’मा काम गरिरहेका छन् । यस फिल्ममा रणवीर कपुर, अनिल कपुर र रश्मिका मन्डन्ना देखिनेछन् ।

अल्लु अर्जुनको ‘पुष्पाः द रुल’ र ‘आइकन’ सन् २०२४ मा रिलिज हुँदैछन् । २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा २०२१ को सबैभन्दा धेरै कमाइ गरेको थियो । फिल्मले कुल ३७३ करोड कमाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै