• २०८१ बैशाख १३ बिहीबार

आफैले हटाएका कर्मचारीसँग मस्कले किन मागे माफी ?

kharibot

काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले ट्वीटर किनेदेखि नै हरेक दिन नयाँ विवादमा आइरहेका छन् । कहिले कमर्चारीलाई हटाएर वा कहिले ट्वीटरको नयाँ नियमका कारण मस्क टेक उद्योगमा हरेक जसो चर्चामा हुने गर्दछन् ।

यसैबीच ट्विटरका करिब २०० कर्मचारीलाई कम्पनिले हटाएको विषय अहिले निकै चर्चामा रहेको छ । अचानक यी कर्मचारीलाई बर्खास्त गरियो, जब उनीहरु आफ्नो प्रणालीमा लगइन गर्न बसे, तिनीहरूले आफ्नो लगइन लक भएको थाहा पाए । तर उनीहरुलाई उनीहरुले जागिर गुमाएको औपचारिक जानकारी नै दिइएन । ती मध्ये धेरै कर्मचारीहरूले ट्विटरका मालिक अर्थात् मस्कलाई इमेल गरे तर कुनै प्रतिक्रिया पाएनन् ।

तर यिनै मध्येका एक एक अपाङ्गता भएका कर्मचारीले सिधै ट्विटरमा मस्कलाई यसको कारण सोधे । मस्कले पनि यसको जवाफ दिए । हेली नामका ट्वीटरका एक उच्चतहका कर्मचारीले ट्वीटरमै मस्कलाई यस बारेमा प्रश्न सोधे । उनले ट्वीटरमा मस्कलाई आफ्नो ट्वीटरमा जागिर रहेको या नरहेको कम्पनिले जवाफ नदिएको भन्दै जानकारी मागेका थिए ।

त्यसपछि मस्कले उनलाई जवाफ दिदै ट्वीटरमा तपाइले के काम गर्नुहुन्छ भन्दै सोधेका थिए । यस पछि हेलीले आफ्नो कामका बारेमा विस्तृतरुपमा सार्बजनिक रुपमा बताउदै गोपनियताको सम्झौता भंग हुने भन्दै यसको अनुमति मागेका थिए । मस्कले उनलाई आफ्नो कुरा राख्न अनुमति दिएपछि हेलीले आफ्नो कामको बारेमा जानकारी दिएका थिए ।

यसपछि मस्कले उनलाई मजाक बनाउदै हेली आफै धनी रहेको र उनले आफु अपांगता भएको बाहाना बनाएर पैसा लिन खोजेको आरोप लगाए । मस्कको यो आरोपपछि हेली र मस्कको ट्वीट भाइरल भएको थियो । तर यसैबीच ट्वीटरकै एक कर्मचारीले मस्कलाई लेख्दै दुवैबीच केहि असमझदारी भएको भन्दै हेली अपांगता भएको व्यक्ति भएको र  उनी उच्च प्रतिभा भएको कर्मचारीको रुपमा आफुले चिनेको बताएका थिए ।

त्यसपछि मस्कले हेलीलाई भिडियो कल गरेपछि ट्विटरमा सार्वजनिक रूपमा माफी मागेका थिए । मस्कले भने- ‘म उनको (हेली) पोजिसनको बारेमा गलत बुझाइको लागि माफी माग्न चाहन्छु । यो कुराहरूमा आधारित थियो, जुन मलाई भनिएको थियो, केही अवस्थामा असत्य वा सत्य थियो, तर अर्थपूर्ण थिएन । म उनलाई ट्वीटरमा फेरी राख्ने तयारीमा छु ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै