• २०८१ बैशाख ४ मंगलबार

प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता गरिएको रिटमा के छ ?

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रचण्डले यसअघि दिएको अभिव्यक्तिलाई नै आधार बनाएर सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरुले दाहालविरुद्ध रिट दायर गरेका हुन् ।

रिटमा द्वन्द्वकालमा माओवादीबाट परिवारको सदस्यको हत्या भै अन्यायमा परेका व्यक्तिहरुका हकमा पनि परिवारको सदस्यको हत्या गर्ने व्यक्तिको पहिचान हुँदा साविति बयान दिंदा व्यक्ति हत्या गरेको स्वीकार गर्दा पनि प्रचण्ड जस्ता पिडकलाई कारवाही नभएको उल्लेख गरिएको छ साथै माओवादीबाट हत्या गरिएका-मारिएका व्यक्तिको एकिन तथ्याङ्कीय विवरण सम्मानित अदालतबाटै झिकाई न्याय निरुपण गरी पाऊँ भन्ने रिटमा उल्लेख छ । 

प्रचण्डविरुद्ध दायर गरिएको रिट:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै