• २०८१ बैशाख ७ शुक्रबार

ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले मागे रेल प्रदर्शनकारीसँग माफी

kharibot

काठमाडौं । ग्रीसको राजधानी एथेन्समा हजारौँ प्रदर्शनकारीले गरेको विशाल प्रदर्शनमा प्रहरीसँग भएको झडपपछि ग्रीसका प्रधानमन्त्रीले आइतबार देशकै सबैभन्दा भयानक रेल दुर्घटनामा परी ज्यान गुमाएका ५७ जनाको परिवारसँग क्षमा याचना गरेका छन् । 

“प्रधानमन्त्रीको हैसियतमा म सबैका लागि ऋणी छु र विशेषगरी पीडितका आफन्तप्रति क्षमा याचना गर्दछु,” किरियाकोस मित्सोटाकिसले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन् । 

“ग्रीसका लागि फरक–फरक दिशामा जाने दुईवटा रेल एउटै लाइनमा चल्न सक्दैनथे । दुवै सवारीका चालकको कमजोरीका कारण दुखद् घटना भएको छ,” मित्सोटाकिसले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको सन्देशमा भनेका छन । 

ग्रीसको लारिसा सहर नजिकै मङ्गलबार यात्रुवाहक र मालवाहक रेलबीच भएको दुर्घटनाले ग्रीसभरि व्यापक आक्रोश फैलाएको छ । एथेन्समा आइतबार विद्यार्थी, रेल मजदुर र सार्वजनिक क्षेत्रका कर्मचारीको आह्वानमा हजारौँ आक्रोशित प्रदर्शनकारीहरू संसद् बाहिर भेला भई प्रदर्शन गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै