• २०८१ बैशाख ११ मंगलबार

ग्रीसमा दुई वटा रेल ठोक्किए, २९ जनाको मृत्यु

kharibot

काठमाडौँ । ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । यस घटनामा अहिलेसम्म २९ जनाको ज्यान गएको छ भने ८५ भन्दा बढी घाइते भएको सिएनएनले जनाएको छ ।

घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । मिडिया रिपोर्टका अनुसार दुर्घटना ग्रीक शहर थेसालोनिकी र लारिसाको बीचमा भएको हो ।

रिपोर्टका अनुसार राति अबेर राति एउटा यात्रुवाहक रेल र एउटा मालगाडी ठोक्किएको थियो । दुर्घटना यति डरलाग्दो थियो, जसका कारण रेलका डब्बा पटरीबाट खसेका थिए । तीनवटा बोगीमा आगो लागेको छ । यात्रुवाहक रेलमा सवार ठूलो संख्यामा यात्रु यस दुर्घटनाको सिकार भएका छन् । अहिलेसम्म १६ जनाको शव निकालिएको छ भने ८५ भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ । जसमध्ये २५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

एथेन्सबाट करिब २ सय ३५ माईल उत्तरमा रहेको टेम्पी नजिकै भएको घटनापछिको धेरै भिडियो र तस्बिरहरू पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

राहतको काम कसरी भइरहेको छ, त्यसमा देख्न सकिन्छ । स्थानीय प्रहरीका अनुसार 'धेरै डिब्बा पटरीबाट खसेका छन्'। तीनवटा बोगीमा भीषण आगलागी भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै