• २०८१ बैशाख १२ बुधबार

आर्मीले जित्यो भद्रपुर झापा गोल्डकपको उपाधि

kharibot

भद्रपुर । भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

मेची रंगशालामा मंगलबार भएको फाइनलको निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आर्मीका गोलकिपरले मछिन्द्रका दुई खेलाडीको प्रहारलाई रोकेका थिए ।

आर्मीले उपाधिसहित १३ लाख र दोस्रो भएको मछिन्द्रले ७ लाख रुपैयाँ पाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै