• २०८१ बैशाख १३ बिहीबार

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

kharibot

बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयको ११औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै सङ्कटालाई आर्मीले १–० ले पराजित गरेको हो । जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मङ्गलबार खेल्ने छ ।

आजको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भएका छन् । उनले नगद रु २० हजार पुरस्कार पाए । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले रु १३ लाख र उपविजेताले रु सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै