• २०८१ बैशाख ७ शुक्रबार

टर्कीको भूकम्पमा समस्यामा परे सम्पर्कमा आउन दुताबासको अपिल

kharibot

काठमाडौं । टर्कीमा गएको भूकम्पका कारण कोही नेपाली नागरिक समस्यामा परेमा जानकारी गराउन नेपाली राजदूतावासले आग्रह गरेको छ । टर्की समेत हेर्ने पाकिस्तानको इस्लामाबादस्थित दूतावासले प्रभावित क्षेत्रका नेपाली नागरिकसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

दुताबासले भनेको छ- 'टर्कीमा गएका दुई शक्तिशाली भूकम्पहरू एवं परकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ । उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ ।'

हालसम्म पनि कुनै परिवार, आफन्त, साथीहरूसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीसम्बन्धी खबर प्राप्त भएमा जानकारी गराउन दूतावासले अपिल गरेको छ । त्यसका लागि सम्पर्क नम्बरहरू पनि उपलब्ध गराइएको छ ।

दूतावासका अनुसार नेपाली राजदूतावास, इस्लामाबादको फोन नम्बर–००९२ ५१२६१०३१७, ह्वाट्सएप नम्बर–००९२ ५१२६१०३२१ र इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै