• २०८१ बैशाख ७ शुक्रबार

पल शाहको मुद्धामा उच्च अदालतको प्रत्यर्थी झिकाउने आदेश

kharibot

काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले प्रत्यर्थी झिकाउने आदेश गरेको छ ।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको हो ।

पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश गरेको उच्च अदालतको वेवसाइटमा उल्लेख छ ।

प्रत्यर्थी भनेको उनको पुनरावेदन निवेदनमा प्रतिवादी बनाइएका संस्था वा व्यक्ति हुन् ।

नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ ।

नाबालिगमाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।

पल शाहलाई जिल्ला अदालत तनहुँले माघ ३ गते नाबालिक बलात्कारको आरोपमा सफाई दिइसकेको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै