• २०८१ बैशाख १२ बुधबार

ग्रामी अवार्डमा बियोन्सेको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । अमेरिकी गायिका बियोन्से ग्रामी अवार्डमा नयाँ किर्तिमान बनाएकी छन् । 

यस वर्षको ग्रामी अवार्डमा उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक एल्बमको अवार्ड जितेर बियोन्सेले अल टाइम सबैभन्दा बढी ग्रामी अवार्ड जित्ने नयाँ किर्तिमान बनाएकी हुन् । बियोन्सेले योसहित अहिलेसम्म ३२ ग्रामी अवार्ड जितेर यो किर्तिमान बनाएकी हुन् । 

ग्रामी अवार्डको इतिहासमा यसअघि हंगेरी-ब्रिटिस कन्डक्टर जर्ज सोल्टीले ३१ अवार्ड जितेका थिए, जिन पछिल्लो २० बर्षसम्म सबै भन्दा बढी अवार्ड जित्ने कलाकारको रुपमा रेकर्ड कायम थियो । 

बियोन्सेले आफ्नो ३२औं पुरस्कार ग्रहण गर्दै भनिन्- 'म धेरै भावुक नहुने कोशिस गर्दैछु । म यो रात मात्र प्राप्त गर्न कोशिस गर्दैछु।'

यस बर्षको ग्रामी अवार्डमा एडेलेले बेस्ट पप सोलो परफरमेन्सको अवार्ड जितेकी छन् भने बोन्नी रैटले 'जस्ट लाइक दायट' का लागि बर्षको उत्कृष्ट गीतको अवार्ड जितेकी छन् ।

त्यस्तै सामारा जोयले उत्कृष्ट नयाँ कलाकारको अवार्ड जितेकी छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै