• २०८१ बैशाख १२ बुधबार

मिलान डर्बी इन्टरले जित्यो

kharibot

काठमाडौँ । इटालियन सिरी ए  अन्तर्गत इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा लउतारो मार्टिनजले खेलको ३४औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि इन्टर मिलानको २१ खेलमा ४३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । इन्टर मिलान शिर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछाडी रहेको छ ।

त्यस्तै एसी मिलानको भने २१ खेलमा ३८ अंक छ र लिगमा छैटौं स्थानमा झरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै