• २०८१ बैशाख ११ मंगलबार

जितपछि बार्सिलोना रियल म्याड्रिडभन्दा ८ अंकले अगाडी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरेका थिए ।

योजितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि ८ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाको २० खेलमा ५३ अंक रहेको छ भने रियल म्याड्रिडको २० खेलमा ४५ अंक रहेको छ ।

त्यस्तै सेभियाको २० खेलमा २१ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ । यस सिजनमा सेभियाको यो नवौँ हार हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै