काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा ह्यारी केनले खेलको १५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ८७औँ मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सिमित भएको थियो ।
यो हारपछि म्यानचेस्टर सिटीलाई उपाधिको दौडमा धक्का लाग्ने देखिएको छ । अहिले सिटी २१ खेलमा ४५ अंकका साथ दोस्रो स्थानमा छ भने शिर्ष स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछाडी रहेको छ । यद्यपी आर्सनलले एक खेल कम खेलेको छ र आर्सनललाई अब ८ अंकको अग्रता लिने अवसर जुरेको छ ।
त्यस्तै यो जितपछि टोटनह्यामको भने २२ खेलमा ३९ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।