• २०८१ बैशाख १३ बिहीबार

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

kharibot

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई मन्त्री र एक राज्यमन्त्री ले राजीनामा दिएका छन् । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । 

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा दिएका हुन् । 

रास्वपाको आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै