काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने स्पष्ट गरेका छन् ।
पार्टी बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले फेरी चुनाव नजितेसम्म कुनै पदमा नजाने स्पष्ट गरेका छन् ।
लामिछानेले भने- म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।'
लामिछानेले आफुले भौतिक पूर्वाधार मन्त्रालय नमागेको बताउदै सहमति भए अनुसारको भागबण्डाको कुरा भएको स्पष्ट गरेका छन् ।