काठमाडौँ । बलिवुड फिल्म पठानले घरेलु बक्स अफिसमा ४ सय करोड कमाएको छ ।
शनिबारसम्म फिल्म पठानले भारतमा हिन्दी तामिल र तेलुगु भाषामा ४०१.४० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
पठानले अहिलेसम्म हिन्दी भाषामा ३८७ करोड भारु कमाई गरेको छ भने तामिल र तेलुगु भाषामा १४.४० करोड भारु कमाई गरेको छ ।
त्यस्तै पठानले विश्वभर अहिलेसम्म करिब ७ सय करोड कमाई गरेको छ ।
यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ ।
यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् ।