• २०८१ बैशाख १३ बिहीबार

ओलीको प्रश्न- रवि लामिछानेको नागरिकता प्रकरणमा न्याय कसलाई भयो ?

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतको फैसलापछि कसलाई न्याय भयो भन्दै प्रश्न गरेका छन् ।  

संसदमा सम्बोधन गर्दै ओलीले रवि लामिछानेको नागरिकताको विषयमा असम्बन्धित व्यक्तिले उजुरी गरेको टिप्पणी गरेका छन् । 

ओलीले उजुरीकर्तालाई कस्तो मर्का परेको थियो र उजुरु गरेको थियो भन्दै अदालतले न्याय दिएपछि कसले न्याय पायो ? भन्दै प्रश्न गरेका छन् । 

ओलीले अदालतको फैसला मान्ने र कार्यान्वयन गर्ने भन्दै आफुलाई लामिछानेको नागरिकता प्रकरणमा कसले न्याय पायो भन्नेमा अन्योलमा रहेको बताए ।   

लामिछाने चुनाव लडेर, जनताबाट अत्यधिक मत दिएर संसदमा आएको भन्दै  सामान्य प्रक्रिया पुरा नगरे सांसद पद जानु, पार्टी अध्यक्ष पद जानु, गृहमन्त्री जानु, उपप्रधानमन्त्री पद जानु न्याय भयो की भएन भन्ने प्रश्न गरेका छन् । 

लामिछानेको शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म नागरिकता के भयो ? भन्दै ओलीले प्रश्न गरेका छन् ।

लामिछानेको नागरिकता प्रकरणले दूरगामी असर पार्ने भन्दै गैरआवासीय नागरिकको विषयमा के हुन्छ भन्ने प्रश्न उठेको बताए ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै