• २०८१ बैशाख १३ बिहीबार

परराष्ट्र मन्त्री पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेट हुँदै

kharibot

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । 

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेछिन् । 

भेटवार्तापछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।

भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ । 

कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नेछिन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै