• २०८१ बैशाख १३ बिहीबार

भारतको पहिलो टी-२० विश्वकप जितका नायक शर्माले लिए सन्यास

kharibot

काठमाडौँ । टी-२० विश्वकप भारतलाई जिताएका बलर जोगिन्दर शर्माले क्रिकेटबाट सन्यास लिएका छन् ।

सन् २००७ को पहिलो टी-२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध भारतलाई अन्तिम ओभरमा जित दिलाएका मध्यम गतिका बलर जोगिन्दर शर्माले सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका हुन् ।

सन्यासको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई दिदै लेखेको पत्रमा आफ्नो २००२ देखि २०१७ सम्मको यात्रा अद्भुत रहेको उल्लेख गर्दै बीसीसीआई, हरियाणा क्रिकेट संघ, चेन्नई सुपर किंग्स र हरियाणा सरकारलाई धन्यवाद दिएका छन् ।

टी–२० विश्वकपको फाइनलमा कप्तान महेन्द्र सिंह धोनीले जोगिन्दर शर्मालाई अन्तिम ओभर बलिङ गर्न दिएका थिए । उनले पाकिस्तानी ब्याट्सम्यान मिसबाह उल हकलाई आउट गरेर भारतीय टोलीलाई जित दिलाएका थिए ।

जोगिन्दर शर्माले चार अन्तर्राष्ट्रिय एकदिवसीय र चार टी–२० खेल खेलेका छन् । हाल उनी हरियाणा पुलिसमा डीएसपी पदमा कार्यरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै