• २०८१ बैशाख ७ शुक्रबार

बक्स अफिसमा सुपरहिट भयो पठान, अहिलेसम्म कति कमायो ?

kharibot

काठमाडौँ । बलिवुड फिल्म पठानले घरेलु बक्स अफिसमा साढे ३ सय करोड कमाएको छ । 

फिल्म रिलिजको नवौ दिनमा पठानले भारतमा ३५१ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । 

पठानले रिलिजको पहिलो दिन गत बुधबार ५५ करोड कमाई गरेको थियो भने विहिबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१.५० करोड, आइतबार ५८.५० करोड, सोमबार २५.५० करोड, मंगलबार २२ करोड, बुधबार १७.५० करोड र विहिबार १५ करोड कमाई गरेको छ ।

त्यस्तै पठानले पुरै भारतमा भने नौ दिनमा ३६४.१५ करोड भारतीय रुपैयाँ कमाई गरेको छ । 

त्यस्तै पठानले विश्वभर अहिलेसम्म करिब ७ सय करोड कमाई गरेको छ । 

यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ ।

यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै