• २०८१ बैशाख ८ शनिबार

क्यानविरुद्ध सामाजिक सञ्जालमा #BycottCAN अभियान

kharibot

काठमाडौं । नाबालिकलाई बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध बहिष्कार अभियान शुरु भएको छ ।

क्यानको विरोध गर्दै सामाजिक सञ्जालमा #BycottCAN अभियान शुरु भएको हो । 

पाटन उच्च अदालतले विवादित रुपमा सन्दीपलाई २० लाख धरौटीमा छोडेपछि नै यसको विरोध भएको थियो ।

मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ । यो मुद्दामा पीडितको उमेर १७ वर्ष रहेको छ ।  

उच्च अदालत पाटनको सन्दीपलाई धरौटीमा छोड्ने आदेशको विरुद्ध महान्यायाधिवक्ताको कार्यलय सर्वोच्चमा गइसकेको छ । महान्यायाधिवक्ताको निवेदनमाथि आज सुनुवाई गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो ।

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्काएको अवस्थामा आम क्रिकेट प्रेमीले नै सामाजिक सञ्जालमा क्यान बहिष्कारको अभियान चलाएका छन् ।   

यस अभियानमा टिप्पणी गर्दै क्यानको निर्णय बारे चुप बसेको भन्दै सरकार, प्रमुख राजनीतिक दल र विभिन्न दलका युवा नेताहरुको समेत आलोचना भइरहेको छ ।

साथै कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल टी-२० मा फिक्सिङ प्रकरणमा फसेको अहिलेको क्यान नेतृत्व मिडिया र आम जनताको ध्यान अर्कोतर्फ केन्द्रीत गर्न सन्दीपलाई टिममा फर्काउने प्रयास गरेको टिप्पणी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै