• २०८१ बैशाख १३ बिहीबार

प्रहरीको पोशाकमा आएका थिए पाकिस्तानको मस्जिदका आत्मघाती हमलाकारी

kharibot

पेशावर । पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको  एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन् । 

‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोशाकमा थिए, यो सुरक्षाको कमजोरी थियो,’ खैबर पख्तुनख्वा प्रान्तका प्रहरी बलका प्रमुख मोअज्जम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा बताए । 

उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद गत सोमबार विस्फोट भएको थियो । यस विस्फोटमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रमा आक्रमणका घटना लगातार बढिरहेको छ । मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै