• २०८१ बैशाख १४ शुक्रबार

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको कब्जा

kharibot

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेल भारतले १६८ रनको फराकिलो जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।

भारतले दिएको २३५ रन\को विशाल लक्ष्य पछाएको न्यूजील्याण्ड १२.१ ओभरमा केवल ६६ रन बनाएर अलआउट भएको थियो ।

न्यूजील्याण्डलाई सस्तैमा आउट गर्न कप्तान हार्दिक पाण्डेयले ४ विकेट लिएका थिए भने अर्शदीप सिंह, उमरान मलिक र शिभम माभीले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २३४ रन बनाएको थियो । भारतका लागि शुभमन गीलले ६३ बलमा १२६ रनको आक्रामक पारी खेलेका थिए ।

यस खेलको प्लेयर अफ द म्याच हार्दिक पाण्डेय भएका थिए भने यस सिरिजको प्लेयर अफ द सिरिज शुभमन गील बनेका थिए ।

यसअघि सम्पन्न एकदिवसीय सिरिज भारतले ३-० ले जितेको थियो । 

योसँगै न्यूजील्याण्डको भारत टूर सकिएको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै