काठमाडौं । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्चमा निवेदन दायर गरेको हो ।
नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले पुस २८ गते पुर्पक्षमा थुनामा राख्न आवश्यक नरहेको भन्दै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।