• २०८१ बैशाख १३ बिहीबार

मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

kharibot

काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन् ।

भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ । यसअघि उनका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका छन् ।  

यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गरेका थिए ।

बागमती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमान्दार भएर निर्वाह गर्ने नेता ढकालले बताए ।

उनले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जमकट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै