• २०८१ बैशाख १३ बिहीबार

बिमा संस्थान र बिमा कम्पनीको लेखा परीक्षण तीन महिना भित्र सक्न अर्थमन्त्रीको निर्देशन

kharibot

काठमाडौं । राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले ६ वर्षदेखि लेखा परीक्षण नगराएको विषयमा अर्थ मन्त्रालयले चासो देखाएको छ ।

अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा संस्थान र बिमा कम्पनीलाई आजको मितिले तीन महिनाभित्र लेखा परिक्षण गर्न निर्देशन दिएका छन् । ६ वर्षदेखि लेखा परिक्षण नहुनु चासोको विषय रहेको बताउँदै उनले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउनसमेत निर्देशन दिएका छन् ।

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ । अर्थमन्त्री पौडेलले २०८० साल वैशाख १६ गते भित्र लेखा परीक्षण सम्पन्न गरिसक्ने गरी काम बढाउन निर्देशन दिएका हुन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थित थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै