• २०८१ बैशाख १४ शुक्रबार

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता नेपालद्वारा शपथ

kharibot

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेशप्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ गराए ।

नेपालले प्रदेशप्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथग्रहण गरेका प्रदेश, प्रदेशप्रमुखको कार्यालय हेटौँडाले जनाएको छ । शपथग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जमकट्टेल र अन्य मन्त्रीहरू उपस्थित थिए ।

मुख्यमन्त्री जमकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै