• २०८१ बैशाख १२ बुधबार

शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

kharibot

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

आज यहाँ आयोजित पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूको आकाङ्क्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताए ।  

उनले भने, “राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । शहीदहरूको सपना कति कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्ने के गर्नुपर्छ ? त्यसमा अठोट गर्ने र ती आकाङ्क्षा पूरा गर्ने अमासञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।” सभामुख घिमिरेले विगतमा संसदीय समाचार सङ्कलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । “संसद्को भूमिका समाजलाई कसरी अग्र गति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ ।

समाचार सङ्कलन गर्न संसद्भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ”, उनले भने । अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार सङ्कलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै