• २०८१ बैशाख ७ शुक्रबार

नीतिगत पहल अघि बढाएका छौँ- भुवन केसी

kharibot

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बतएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताए । उनले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिहरुलाई सहि तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुङ्गना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए  ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताए । “सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो”, उनले भने ।

उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिए ।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै