• २०८१ बैशाख ७ शुक्रबार

शहीदहरूको सपना पूरा गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

शहीद दिवसको अवसरमा सोमबबार लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री प्रचण्डले सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । 

शहीदहरूको त्याग र बलिदानबाटै संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् । 

देशको र जनताको निम्ति प्राण आहुति गर्ने शहीदहरू अमर र अजर रहने भन्दै प्रधानमन्त्री प्रचण्डले माघ १६ गतेलाई औपचारिक समारोहमा मात्र सीमित गर्न नहुने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै