• २०८१ बैशाख १४ शुक्रबार

प्रहरीको गोली लागेका ओडिशाका स्वास्थ्यमन्त्री दासको मृत्यु

kharibot

काठमाडौँ । एक प्रहरी अधिकारीले गोलि हानेका भारतको ओडिशाका स्वास्थ्यमन्त्री नव किशोर दासको मृत्यु भएको छ । 

स्वास्थ्यमन्त्री दासको उपचारको क्रममा मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दासलाई आइतबार ओडिशाको ब्रजराजनगरमा एक प्रहरी अधिकारी (एएसआई) ले गोली हानेका थिए  ।

दासको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्र नवीन पटनायकले दुख व्यक्त गरेका छन् । 

मन्त्री दास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर पुगेको र गाडीबाट ओर्लने बित्तिकै प्रहरीका एएसआई गोपालदासले गोली हानेका थिए । चारदेखि पाँच राउण्ड गोली चलेको बताइएको छ । प्रहरी अधिकारीले गोली हान्नुको कारण बारे भने खुलेको छैन । 

प्रहरीले गोली चलाउने एएसआईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ । 

कार्यक्रममा स्वास्थ्यमन्त्री नव दास प्रमुख अतिथि रहेका थिए । स्वास्थ्यमन्त्री दास विगतमा पनि विवादमा आइरहने नेता हुन । उनलाई २०१५ मा ओडीशा विधान सभामा संसद बैठकमै पोर्न भिडियो हेर्दा हेर्दै समातिएका थिए । उनी ओडीशाको सबै भन्दा धनि मन्त्री मध्ये एक मानिन्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै