• २०८१ बैशाख १४ शुक्रबार

तालिवानको १७ महिनाको सत्तामा महिलामाथि १७ प्रतिबन्ध, के के छन् ?

kharibot

काठमाडौँ । अफगानिस्तानमा तालिवानको १७ महिनाको सत्तामा महिलामाथि १७ प्रतिबन्ध लगाइएको छ ।

तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेदेखि नै महिलामाथि अरू कसैको तुलनामा बढी प्रतिबन्ध लगाएको छ ।

लगभग १७ महिनामा, तालिबान सरकारले महिलाको स्वतन्त्रतामा अंकुश लगाउन २० भन्दा बढी आदेश र मौखिक सिफारिसहरू गरेको छ ।

अगस्ट २०२१ देखि २०२२ को अन्त्यसम्म महिलामाथि लगाइएको प्रतिबन्धको समीक्षा गर्दा अहिलेसम्म तालिबानले महिलामाथि लगाएका प्रतिबन्धहरु यस्ता छन-

१- राजनीति गर्न नपाइने । 
२- सार्वजनिक स्थानमा हिजाब लगाउन अनिवार्य ।
३- सवारी चलाउन प्रतिबन्ध ।
४- नयाँ सवारी चालक अनुमतिपत्र जारी नहुने । 
५- हिजाब बिना र एक्लै ४५ माइलभन्दा बढी यात्रा गर्न नपाउने । 
६- महिला अभिनेत्री र संगीतकारमाथि प्रतिबन्ध ।
७- पार्क र खेलकुद सुविधाहरूमा प्रतिबन्ध ।
८- सडकमा आएर विरोध गर्न प्रतिबन्ध ।
९- घरेलु हिंसासम्बन्धि सुरक्षित कोठा हटाइयो ।
१०- ७ देखि १२ कक्षासम्मका विद्यालय बन्द ।
११- विश्वविद्यालयमा केटीहरुसँग प्रतिबन्ध ।
१२- निजी तथा सामुदायिक विश्वविद्यालयमा प्रवेशमा रोक ।
१३- कृषि, पशु चिकित्सा, ईन्जिनियरिङ्, कम्प्युटर र खानी क्षेत्रमा अध्ययन प्रतिबन्ध ।
१४- सरकारी जागिरमा प्रतिबन्ध । 
१५- कलाकारितामा प्रतिबन्ध ।
१६- गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध ।
१७- मस्जिदमा धार्मिक पाठ्यक्रमहरूमा प्रतिबन्ध ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै