काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आइतबार प्रदर्शन गरिएको छ ।
गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै आइतबार दिउँसो उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनीसमेत दिइएको छ ।
नागरिक अगुवा सुमन सायमीले मेयर साहलाई सच्चिन चेतावनी दिदै नागरिकको सम्पत्तिको अधिकारसमेत हनन हुने गरी डोजर आतंक फैल्याउने काम गरेको आरोप लगाए ।
सायमीले आज सांकेतिक प्रदर्शन भएको भन्दै मेयर नसच्चिएमा अझै सशक्त प्रदर्शन गर्ने चेतावनी दिए । उनले गुण्डागर्दी शैलीमा डोजर आतंक मच्चाएकोले खबरदारी सभा गरिएको बताउदै मेयर नसच्चिएमा उपत्यकाभारबाट विरोध गर्ने बताए ।