• २०८१ बैशाख ७ शुक्रबार

बागलुङमा जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

kharibot

बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन् । 

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै