• २०८१ बैशाख ७ शुक्रबार

न्यूजिल्याण्डविरुद्धको सिरिज जितेपछि भारत एकदिवसीय वरियतामा शिर्ष स्थानमा

kharibot

काठमाडौँ । भारत र न्यूजिल्याण्डबीचको एकदिवसीय शृंखलाको तेस्रो खेलमा भारतीय टोलीले ९० रनले जित हात पारेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज ३–० ले जितेको छ ।

यो सिरिज जितसँगै भारत एकदिवसीय वरीयतामा पहिलो स्थानमा उक्लिएको छ । इन्दौरमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ३ सय ८५ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डको टोली २९५ रनमा सिमित भयो र खेल ९० रनको ठूलो अन्तरले पराजित भयो।

भारतका लागि रोहित शर्मा र शुभमन गिलले शतकीय पारी खेले । योसँगै हार्दिक पाण्ड्याले पनि उत्कृष्ट अर्धशतक बनाएका थिए ।

न्युजिल्यान्डका लागि ब्लेयर टिकनर र ज्याकब डफीले तीन–तीन विकेट लिए । योसँगै न्यूजिल्याण्डका लागि डेभन कोनवेले १३८ रनको पारी खेलेका थिए । यसबाहेक कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले समान ३–३ विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै