• २०८१ बैशाख १२ बुधबार

केनको कीर्तिमानी गोलमा टोटनह्याम विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले फुलह्यामलाई पराजित गरेको छ  ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले खेलको ४६औं मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो  ।

ह्यारी केनले टोटनह्यामका लागि जिम्मी ग्रिभ्सको सर्बाधिक गोलको रेकर्डको बराबरी गरेका छन् । यो गोल सहित केनले टोटनह्यामका लागि २६६ गोल गर्दै सो रेकर्डको बराबरी गरेका हुन् ।

यो जितपछि टोटनह्यामको २१ खेलमा ३६ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै फुलह्यामको २१ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौ स्थानमा छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै