• २०८१ बैशाख ८ शनिबार

सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

kharibot

काठमाडौं । सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

हाल सो ट्रमा अस्पतालमा  एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरुलाई उद्धार गर्न कठिनआई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको प्लेटफर्म सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागी प्रयोग हुनेछ । 

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एसएसपी अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट कर्पोरेट अफेयर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एसएसपी अन्जनी कुमार पोख्रेल, सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट कर्पोरेट अफ्येर्स रवि केसी, प्रबन्ध निर्देशक रवी के रायवरम, भाइस प्रेसिडेन्ट फाइनान्स विकास भुत्रा , भाइस प्रेसिडेन्ट मार्केटिंग दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै