• २०८१ बैशाख ८ शनिबार

आइसीसीद्वारा २०२२ को टी-२० टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२२ मा टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडीको टोली बनाएको छ ।

सोमबार घोषणा गरेको टोलीको कप्तानमा इङल्याण्डका जोस बटलरलाई कप्तान बनाइएको छ ।

आइसीसीको बर्ष टिममा अस्ट्रेलिया,वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबाट कुनै खेलाडी परेका छैनन् ।

आइसीसी बर्ष टिममा इङल्याण्डबाट जोस बटलर (कप्तान/विकेटकिपर), साम कुरान परेका छन् भने पाकिस्तानबाट मोहम्मद रिजवान र ह्यारिस रउफ रहेका छन् । त्यस्तै भारतबाट विराट कोहली, सुर्यकुमार यादव र हार्दिक पाण्डेय रहेका छन् भने न्यूजील्याण्डका ग्लेन फिलिप, जिम्बाब्बेका सिकन्दर राजा, श्रीलंकाका वैनिन्दु हसरंगा र आयरल्याण्डका जोश लिटल रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै