• २०८१ बैशाख १२ बुधबार

कान्ति बाल अस्पतालमा हिमालयन बैंकका दुई भुक्तानी काउन्टर सञ्चालनमा

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा कान्ति बाल अस्पतालमा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र  विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो ।

उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । 

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६००० भन्दा बढी पिओएस टर्मिनल्स बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै