• २०८१ बैशाख ८ शनिबार

ज्याकलिन र नोरा आमने सामने

kharibot

काठमाडौँ । बलिवुडका दुई चर्चित अभिनेत्री नोरा फतेही र ज्याकलिन फर्नान्डिज आमने सामने भएका छन् ।

ग्याङ्स्टर सुकेश चन्द्रशेखरसँगको २०० करोड ठगी मुद्दामा जोडिएका दुवै अभिनेत्री अब कानुनी लडाइमा आमने सामने भएका हुन् ।

यस मामिलामा नोराले ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । अब दिल्लीको पटियाला हाउस कोर्टले नोरा फतेहीको मानहानीको उजुरीमा मार्च २५ मा सुनुवाइ गर्ने समय तोकेको छ । यस मामिलामा आफ्नो नाम गलत तरिकाले तानिएको अभिनेत्रीले बताएकी छन् ।

अभिनेत्री नोराले हालै ज्याकलिन फर्नान्डिज र विभिन्न सञ्चारमाध्यमहरुविरुद्ध दिल्ली अदालतमा मानहानीको मुद्दा दायर गरेकी हुन् । नोराले उजुरीमा २०० करोड ठगी मुद्दामा आफ्नो नाम जबरजस्ती ल्याइएको दाबी गरेकी छन् । सुकेशसँग उनको कुनै सरोकार नभएको उल्लेख गर्दै नोराले सुकेशलाई आफ्नी श्रीमती लीना मारियाको माध्यमबाट मात्रै चिनेको बताएकी छन् ।

यसै क्रममा ज्याकलिन फर्नान्डिजका वकिलले यस विषयमा नोरा फतेहीसँग अन्योल भएको बताउदै ज्याकलिनमाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । यति मात्र होइन, आवश्यक परे ज्याकलिनले नोराविरुद्ध मानहानीको मुद्दा पनि दायर गर्न सक्ने उनले बताए । 

यसैबीच, हालै ज्याकलिनले अदालतमा आफ्नो बयान रेकर्ड गरेकी छिन् । उनले सुकेशले आफ्नो करियर बर्बाद गरेको बताएकी छन् ।

यी सबैको बीचमा सुकेशले जेलबाट एउटा चिठ्ठी लेखेका छन्, जसमा उनले ज्याकलिन र नोराबीच चलिरहेको विवादबारे खुलेर कुरा गरेका छन् । पत्रमा नोरा र ज्याकलिनको झगडाका धेरै प्रसंग उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुकेशले लेखेको यो चिठ्ठीमा आफु ज्याकलिनसँग गम्भीर सम्बन्धमा रहेको र यही कारण नोरा उनीसँग रिसाउने गरेको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै