• २०८१ बैशाख १२ बुधबार

ह्यारीको पुस्तकले तरंगित बेलायती राजपरिवार, के के छन् प्रमुख खुलासा ?

kharibot

काठमाडौँ । बेलायतको शाही परिवारका राजकुमार ह्यारीको पुस्तक ‘स्पेयर’ ले बिक्रीको रेकर्ड कायम गरेको छ । १० जनवरीमा रिलिज भएको दिनमा पुस्तकले बेलायत, अमेरिका र क्यानडामा रेकर्ड ४ लाख प्रति बिक्री गरेको थियो ।

यस पुस्तकमा राजकुमार ह्यारीले १७ वर्षको उमेरमा कोकिन सेवन गरेको, आफूभन्दा जेठी महिलासँग सम्बन्ध राख्नेको, दाजु विलियमले कुटपिट गरेको, मेघनसँग विवाह गर्ने र शाही परिवार छोड्ने जस्ता धेरै व्यक्तिगत खुलासा गरेका छन् ।

ह्यारीको यस पुस्तकलाई धेरैले चासोका साथ पढेका छन् भने बेलायतको शाही परिवारका यी खुलासाले अहिले तरंगित समेत बनाएको छ ।

ह्यारीले पुस्तकमा भनेका छन्, ‘दुई वर्षअघि अप्रिलमा मेरो हजुरबुवाको अन्त्येष्टिमा बेलायत गएपछि मात्रै ‘स्पेयर’ लेख्ने मन बनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'वास्तवमा, मेगन र म क्यालिफोर्निया बसाइँ सर्नुको कारण न त मेरो बुबा र मेरो भाइले नै बुझेका थिए ।'

महारानी एलिजाबेथको मृत्युको खबर समाचारबाट थाहा पाए 

स्पेयरमा, प्रिन्स ह्यारीले लेखेका छन्, 'मलाई हजुरआमा महारानी एलिजाबेथको मृत्युको खबर समाचारबाट थाहा भयो । जब म फ्लाइटबाट ओर्लिरहेको थिएँ, मैले मेरो मोबाइलमा मेगनको सन्देश पढेँ र त्यसमा लेखिएको थियो- मेसेज देख्ने बित्तिकै मलाई कल गर्नुहोला ।'

प्रिन्स ह्यारीले थप लेखेका छन्, ‘यसपछि मैले बीबीसी समाचार हेरेँ । मेरी हजुरआमाको मृत्यु भयो र अब मेरो बुबा बेलायतको राजा हुनुहुन्थ्यो। मैले कालो टाई लगाएँ, भारी वर्षामा विमानबाट ओर्लिए । बुबाले मलाई फोन गर्नुभयो र भन्नुभयो, बालमोरलमा स्वागत छ, तर ... उनी (मेगन) सँगै हुनुहुँदैन ।'

आमा डायनाको मृत्युको बारेमा प्रश्न

पुस्तकमा प्रिन्स ह्यारीले आफ्नी आमा र स्वर्गीय राजकुमारी डायनाको कार दुर्घटनाको घटनाको बारेमा लेखेका छन् । जब यस केसको अनुसन्धान चलिरहेको थियो, तब दुबै भाइलाई यसबारे कसैसँग कुरा नगर्न भनिएको थियो ।

राजकुमार ह्यारीले लेखेका छन्, 'हाम्री आमाको कारको चालकले मादक पदार्थ सेवन गरेको अनुमान गरिएको थियो, जसका कारण यो दुर्घटना भएको भनिएको थियो ।

आफ्नो असन्तुष्टि व्यक्त गर्दै राजकुमार ह्यारीले लेखेका छन्- आमाको गाडी पछ्याउने पापाराजीलाई किन छोडियो ? उनलाई किन जेल हालिएन ? कसले रिहा गर्यो र त्यो मान्छे किन जेल परेन ?

लागुऔषध सेवन र बढी उमेरकी महिलासँग सम्बन्ध

ह्यारीले पुस्तकमा लेखेका छन्- 'म सप्ताहन्तमा कसैको घर गएको थिए । मलाई त्यहाँ एक लाइन (कोकेन) प्रस्ताव गरिएको थियो, जुन पिएर मैले अरूलाई जस्तो खुसी महसुस गरिन । तर, कोकिन खाएपछि मलाई फरक महसुस भयो । १७ वर्षको उमेरमा म जे पनि गर्न तयार थिएँ ।

राजकुमार ह्यारीले १७ वर्षको उमेरमा पब नजिकैको खुला पार्कमा घोडाहरू मन पराउने आफूभन्दा बढी उमेरकी एक महिलासँग यौन सम्बन्ध बनाएको दाबी गरेका छन् ।

तालिबान लडाकुलाई मारेकोमा कुनै पछुतो छैन

प्रिन्स ह्यारीले बेलायती सेनामा काम गर्दा जम्मा ६ वटा मिसनमा सहभागी भएको बताए । यस क्रममा उनले २५ तालिबानी लडाकुलाई मारेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यसमा उसलाई कुनै पश्चाताप नभएको पनि उनले उल्लेख गरेका छन् । बेलायती सेनाले उनीहरूलाई लडाकुहरूलाई मानिसको रूपमा होइन तर चेसको टुक्राको रूपमा हेर्न सिकाएको थियो ।

दाजु विलियमले कुटपिट गरेको खुलासा 

प्रिन्स ह्यारीले 'स्पेयर' मा शाही परिवारलाई अमेरिकी अभिनेत्री मेगन मार्कलसँगको विवाहको बारेमा बताएपछि आफुलाई आफ्ना दाजु विलियमले हातपात गरेको उल्लेख गरेका छन् । ह्यारीले विवाह गर्ने बारे जानकारी दिएपछि उनीहरूबीच चर्को बहस सुरु भएको उल्लेख गर्दै जब प्रिन्स ह्यारीले परिवारलाई मेघन मार्कलसँग आफ्नो विवाहको बारेमा बताए, जेठा भाइ विलियम क्रोधित भएका थिए ।

प्रिन्स ह्यारीले लेखेका छन्, ‘पहिले विलियम क्रोधित भएर चिच्याए, त्यसपछि म तिर आए । यो सबै धेरै छिटो भयो । तिनीहरूले मेरो कलर समाते, त्यसपछि मेरो हात समातेर मलाई भुइँमा फाले । म कुकुरको कचौरामा खसे, जुन मेरो ढाडमुनि भाँचियो र टुक्राहरू मेरो शरीरमा पसे । म केही बेर त्यहीँ बेहोस भएँ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै