• २०८१ बैशाख ८ शनिबार

८०० बच्चा जन्माएर आफ्नो प्रजाति बचाएको कछुवा डियागो !

kharibot

काठमाडौँ । ल्याटिन अमेरिकी भूमि इक्वेडरमा रहेका विशाल कछुवाहरू विश्वका लागि आश्चर्यको प्रतीक हुन् । यी कछुवाहरू एक समय लोप हुने क्रममा रहेका थिए । यसैबीच, उनीहरूलाई बचाउन सफल अभियान चल्यो र यसमा डिएगो नामको कछुवाको प्रमुख भूमिका थियो । सन् २०२० मा यो विशाल कछुवा डियागोलाई सुनसान ठाउँमा लगेर रिटायर गरिएको थियो ।

अहिलेसम्म यस डियागोले ८०० बच्चा जन्माएर आफ्नो प्रजाति लोप हुनबाट जोगाएको छ ।

यस कछुवाको प्रजनन केन्द्र विगत केही दशकदेखि फाउस्टो लारेना कछुवा केन्द्रमा सञ्चालन हुँदै आएको थियो । रिपोर्टका अनुसार यस कछुवामा यौनसम्पर्क गर्ने चाहना धेरै थियो, जसका कारण यो प्रजातिलाई बचाउन ठूलो सहयोग भएको थियो । डियागोलाई पहिले सान डिएगोबाट सान्ता क्रुज आइल्याण्डमा सारियो । यो टापु ग्यालापागोस टापुहरूको भाग हो । डियागो र अन्य १५ वटा कछुवाको प्रजनन केन्द्र करिब ५० वर्षअघि सुरु गरिएको थियो ।

त्यतिन्जेलसम्म उनीहरुको प्राकृतिक बासस्थानमा दुई पुरुष र १२ महिला कछुवा मात्र बाँचेका थिए । यसपछि, डिओगोले यी पोथी कछुवाहरूबाट ८०० बच्चाहरूलाई जन्म दियो र सम्पूर्ण प्रजातिलाई लोप हुनबाट बचायो । यो प्रजनन कार्यक्रम अन्तर्गत जन्मिएका २ हजार कछुवामध्ये ४० प्रतिशतमा १०० वर्ष पुरानो यो कछुवा जिम्मेवार रहेको बताइएको छ । डियागोले यति छिटो बच्चा जन्मायो कि कछुवाको यो अद्भुत प्रजाति लोप हुनबाट जोगियो । यो प्रजातिलाई चेलोनोइडेज भनिन्छ ।

न्यूयोर्कको स्टेट युनिभर्सिटीमा प्रोफेसर जेम्स पी गिब्सले डियागोलाई एक महान कछुवा भनेका छन् । उनीहरुले डियोगो सेक्स गर्ने बानीका बेला निकै आक्रामक र सक्रिय रहेको बताए । डियागो एक धेरै ठूलो कछुवा थियो र उनको वजन लगभग ८० किलो थियो । यसको लम्बाइ ३५ इन्च थियो र यसलाई खडा गर्ने हो भने यो ५ फिट अग्लो हुन्थ्यो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै